Saturday, November 18, 2017

बालुवाटारमा सरकार र मधेसी मोर्चाबिच छलफल सुरु

प्रकाशित मिति: 2017/04/21

बैशाख ८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आव्हानमा स्थानीय चुनावमा मेधसी मोर्चाआवद्ध दलहरुलाई सहभागि गराउने विषयमा छलफल गर्न काँग्रेस र माओवादीले मधेशी मोर्चाका नेताहरुसँग बालुवाटारमा वैठक शुरु भएको छ ।

केहीबेर अघिबाट प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा उपेन्द्र यादवबाहेका मधेसी मोर्चाका शीर्ष नेताहरु सहभागि भएका छन् । यो बैठक मधेशी मोर्चाआवद्ध दलहरु एकीकरण भएपछिको पहिलो हो । बैठकमा स्थानीय निर्वाचन, संविधान संशोधन लगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ । यसअघि गत बुधबार बसेको प्रमुख पाँच दलको बैठकले मधेसी मोर्चालाई सहमतिमा ल्याउन अन्तिम समयमसम्म प्रयास जारी राख्ने सहमति अनुसार मोर्चासँग सहमतिका लागि प्रधानमन्त्रीले नेताहरुलाई बालुवाटर बोलाएका हुन् ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, सशांक कोइराला, प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता वर्षामान पुन ‘अनन्त’, मोर्चाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, अशोक राई, राजेन्द्र श्रेष्ठ, अनिलकुमार झा, शरतसिंह भण्डारी, महेन्द्र राय यादव, हृदयेश त्रिपाठी लगायत सहभागी छन् ।

तपाईंको बिचार