Friday, June 23, 2017  |    

बाबुराम र उपेन्द्रको पार्टी एकीकरण प्रक्रिया सुरु, विज्ञाप्ती सहित

प्रकाशित मिति: 2017/04/21

बैशाख ८, काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकीकरण प्रक्रिया सुरु भएको छ।

भट्टराई र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै दुई पार्टी एकीकरणका लागि ‘पार्टी एकता संयोजन समिति’ गठन गरिएको जनाएका छन्। समितिमा भट्टराई र यादवका साथै संघीय समाजवादी पार्टीका नेता अशोक राई पनि छन्। दुई पार्टीबीच सुरुमा कार्यगत एकता हुने र पछि दुई पार्टी नै एक हुने गरी प्रक्रिया अघि बढेको जनाईएको छ। उपेन्द्र यादव नेतृत्वको मधेसी जनाधिकार फोरम नेपाल अशोक राईको पार्टीसँग एकीकरण भएर संघीय समाजवादी फोरम बनेको थियो।

स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा सत्ता बाहिर रहेका दलहरुबीच धमाधम एकीकरण भइरहेको छ।

 

तपाईंको बिचार