Tuesday, April 25, 2017  |    

सरकार र मधेस दलबिच वार्ता सकारात्मक, बेलुकी ५ बजे पुन बैठक बस्ने

प्रकाशित मिति: 2017/04/21

वैशाख ८, काठमाडौं । सरकार र मधेस केन्द्रित दलबिचको छलफल सकारात्मक भएपनि बेलुकी फेरि बैठक बस्ने भएको छ । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा मधेस केन्द्रित दलका नेताहरुले सरकारले ल्याएको संविधान संशोधन विधेयक परिमार्जन भएमा चुनावमा सहभागी हुने संकेत गरेका हुन् ।  

बैठकपछि पत्रकारसँग कुरा गर्दै नेता लक्ष्मणलाल कर्णले सरकारले परिमार्जन सहित संशोधन गर्ने प्रतिबद्धता जनाए आफूहरु चुनावमा सहभागी हुने बताउनुभयो । तर अहिलेकै विधेयक स्वीकार्य नहुने उनीहरुले अडान दोहोर्याएका छन् । हिजो मात्रै पार्टी एकता गरेका मधेसी नेताहरुलाई प्रधानमन्त्रीले वार्तामा बोलाउनुभएको हो । वैठकमा प्रधानमन्त्री पुसष्पकमल दाहालले ले संशोधन विधेयकमा सहमतिमा गरेर वैशाख ३१ गते हुने चुनावमा सहभागी हुन आह्वान गर्नुभएको थियो ।

मधेस केन्द्रित दलका नेताहरुले भने चुनावभन्दा संविधान संशोधन आफूहरुको मुख्य चासो भएको भन्दै सरकारले ल्याएको प्रस्तावमा पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका थिए । संविधान संशोधन प्रस्ताव र स्थानीय तहको चुनावमा सहमति जुटाउन सत्तारुढ दलको बैठक दिउँसो ३ बजे बस्नेछ । यस विषयमा एमालेसँग पनि कुरा हुने माओवादी नेता वर्षमान पुनले जानकारी दिनुभयो । बेलुकी ५ बजे सरकार र मधेसवादी दलबिच फेरि बैठक बस्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

तपाईंको बिचार