Monday, September 25, 2017

संविधान संशोधनका लागि मन्त्रीपरिषद् वैठक बस्दै

प्रकाशित मिति: 2017/04/23

बैशाख १०, काठमाडौं । संघीय गठबन्धन र सरकारबीच भएको सहमति अनुसार संविधान संसोधन विद्येयकमा परिमार्जन गर्ने विषयबस्तु टुंगाउन आज मन्त्रीपरिषद् वैठक बस्दैछ । वैठक विहान ११ बजे बस्दैछ । सरकार र गठबन्धनबीचको वैठकमा परिमार्जनसहित संविधान संसोधन गर्ने, दुई चरणमा चुनाव गर्ने र गठबन्धनले तय गरेको आन्दोलनका कार्यक्रम फिर्तालिने समझ्दार बनको थियो ।

यहीँ समझदारी अनुसार संविधान संसोधन सम्बन्धी सरकारले यस अघि दर्ता गरेको विद्येयकमा परिमार्जन गर्ने विषयको मन्त्रीपरिषद् वैठकले टुंगो लगाउने छ । मन्त्रीपरिषद् वैठकमा दोस्रो चरणको चुनाव कहिले गर्ने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ । समझदारी अनुसार मन्त्रीपरिषद् वैठकले संसोधन विद्येकयमा परिमार्जनका लागि विषयबस्तु अनुमोदन गरेपछि संघीय गठबन्धनको वैठक बसेर आन्दोलनका कार्यक्रम फिर्ता हुनेछन् ।

तपाईंको बिचार