Saturday, July 22, 2017  |    

स्थानीय तहको दोश्रो निर्वाचन जेठ ३१ मा हुने मन्त्रिपरिषद्को निर्णय

प्रकाशित मिति: 2017/04/23


वैशाख १०, काठमाडौं । सरकारले स्थानीय तह निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख ३१ गते र जेठ ३१ गते स्थानीय निर्वाचन गर्ने निर्णय गरेको हो । सरकार र मधेसी मोर्चाबीच शनिबार भएको सहमतिअनुसार सरकार दुई चरणमा  निर्वाचन गर्ने निर्णयमा पुगेको हो । 

मोर्चासँगको सहमतिअनुसार संविधान संशोधन प्रस्ताव परिमार्जनसहित संसद लैजाने भनिए पनि विधेयकमा संशोधन दर्ताका लागि संसद सचिवालयले ७२ घण्टाको समयअवधि दिने भएकाले त्यसभित्र थप संशोधन दर्ता गराउने भएको छ । सरकारले संसदमा परिमार्जनको अर्को प्रस्ताव लैजान नपर्ने मन्त्री जोशीले प्रस्ट पारे । 

मोर्चाको माग सम्बोधनका लागि संशोधन प्रस्ताव फास्ट ट्रयाकबाट पारित गर्ने पनि सरकारको निर्णय छ । 

तपाईंको बिचार