Saturday, July 22, 2017  |    

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

प्रकाशित मिति: 2017/05/01

वैशाख १८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ ।

राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका प्रधानमन्त्री दाहालले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध ल्याइएको महाभियोगको प्रस्तावसँगै स्थानीय तहको निर्वाचनलगायतका विषयमा जानकारी दिएको बताइएको छ । प्रधानमन्त्री दाहालले पछिल्ला राजनीतिक घटनाक्रमले घोषित निर्वाचनमा कुनै असर नपार्ने विश्वास राष्ट्रपतिलाई दिलाएको बताइएको छ ।

तपाईंको बिचार