Saturday, July 22, 2017  |    

राजपाले भन्यो फोरम नेपाल चुनावमा सहभागिता हुनु सकारात्मक

प्रकाशित मिति: 2017/05/03

बैशाख २०, काठमाडौं । संघीय समाजवादी फोरम नेपाल चुनावमा सहभागि भएको पनि विभिन्न टिकाटिप्पणी भइरहेको बेला राजपा नेपालका नेताहरु उपेन्द्र यादवलाई भेट्न सो पार्टीको कार्यालय पुगेका छन् । 

बुधबार दिउँसो राजपाका नेता पशुपति दयाल मिश्रको नेतृत्वमा राजपाका नेताहरु यादवलाई भेट्न पार्टीका कार्यालयमा पुगेका हुन् । उनीहरुले यादवको चुनावमा सहभागितालाई सकारात्मक रुपमा लिँदै शुभकामना समेत दिएका छन् । संघीय समाजवादी फोरमका अध्यक्ष यादवले राजपाले आफूहरुको चुनावको सहभागितालाई सकारात्मक रुपमा लिएको बताए । उनले राजपाभित्रकै केहि नेताहरु भने चुनावको विषयलाई लिएर भ्रम फैलाउन लागिपरेको आरोप समेत लगाए ।

यादवको चुनावमा सहभागिता प्रति राजपा सकारात्मक बन्नुलाई सो पार्टी पनि चुनावमा सहभागि हुन सकारात्मक भएको बुझिएको छ । यद्यपी पहिलो चरणको चुनाव पहाडी भूभागका ३ ओटा प्रदेशमा मात्रै हुने र त्यसमा राजपाको संगठन नभएकाले सो पार्टीको अहिले उम्मेद्वारी नपरेको बताइएको छ ।

तपाईंको बिचार