Monday, September 25, 2017

निर्वाचनलाई ध्यान दिँदै कांग्रेसले गृहमन्त्रीको टुंगो लिट्टै लगाउने

प्रकाशित मिति: 2017/05/03

वैशाख २०, काठमाडौंं । नेपाली काँग्रेसले गृहमन्त्रीको छिट्टै टुंगो लगाउने जनाएको छ । काँग्रेस नेता रमेश लेखकले केही दिन भित्रै  पार्टीले  गृहमन्त्रीमा कसलाई पठाउने भन्ने बारेमा निर्णय लिने जानकारी दिए ।  बुधबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले गृहमन्त्री कसलाई बनाउने भन्ने बारेमा पार्टीका शीर्ष नेतृत्वबीच छलफल भइरहेको बताए । 

उनले चुनावको मुखमा गृह मन्त्रालयलाई नेतृत्व विहिन बनाउन नहुनेमा आफ्नो पार्टी सचेत रहेको बताए । नेता लेखकले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा उम्मेदवारी दिइएको स्पष्ट पारे । नेपाली काँग्रेसले पहिलो चरणको निर्वाचनमा २ सय ८३ वटै तहमा उम्मेदवारी दिएको उनले बताए ।  निर्वाचन प्रचार प्रसार उपसमितिका संयोजक समेत रहेका लेखकले महिलाहरुको उम्मेदवारीलाई पार्टीले उच्च प्राथमिकता दिएको बताए ।

तपाईंको बिचार