Thursday, November 23, 2017

महाभियोग रोक्न सर्वोच्चको आदेशपछि संसद्को कार्यसूची अन्योलमा

प्रकाशित मिति: 2017/05/07

वैशाख २४, काठमाडौं । महाभियोग प्रक्रिया रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि संसद्को कार्यसूची के हुने निश्चित भएको छैन। 

सामान्यतया अघिल्लो बैठकमा रोकिएको कार्यसूचीलाई अर्को बैठकमा निरन्तरता दिइने गरिएको छ। तर, अदालतको आदेश अनुसार यसअघि स्थगन भएको महाभियोगको छलफल अघि बढाए अदालतको अवहेलना हुने भएकाले कार्यसूचीबारे यकिन भएको छैन। 

संसद् बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। त्यसअघि कार्यसूचीबारे परामर्शका लागि सभामुख ओनसरी घर्तीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएकी छन्। संसद् सचिवालयका अनुसार कार्यसूची स्पस्ट भइनसकेको जनाईएको छ ।  ‘परिवर्तित सन्दर्भमा कसरी अघि बढ्ने कार्यव्यवस्थाले निक्र्यौल गर्नेछ। यसअघिको भने स्थगन कार्यसूचीले नै निरन्तरता गर्दछ ।

फेरिएको सन्दर्भका कारण कार्यसूचीमा सहमति नभए बैठक चुनावपछि सम्मका लागि स्थगित गर्ने तयारी पनि सभामुखको छ। यसअघि नै दलहरुले आजको सट्टा चुनावपछि बैठक राख्न माग गरेका थिए। आइतबारको बैठकको कारवाही सुचारु भए वा नभए पनि बैठक कम्तीमा एक साताका लागि स्थगित गर्ने तयारी छ।

तपाईंको बिचार