Wednesday, August 23, 2017

काठमाडौं महानगरको मतपरिणाम एक साताभित्र आउने, मतगणना तीन ठाउँबाट शुरु

प्रकाशित मिति: 2017/05/16

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना मंगलबार दिउँसो ४ बजेबाट तीन ठाउँमा सुरु भएको छ। पहिलो दिन सोमबार एक ठाउँबाट गन्दा राति ११ बजेसम्ममा करिब ३ सय मात्र गणना भएको थियो । परिणाम ढिलो भएको भन्दै आमजनताले व्यापक गुनासो गरेपछि निर्वाचन आयोगले महानगरको मतगणनालाई तीब्रता दिने भएको हो ।

आयोगका सचिव गोपीनाथ मैनालीले मंगलबारबाट कम्तिमा तीन समूह बनाएर मतगणना गर्न लागिएको जानकारी दिनु भएको थियो । काठमाडौं महानगरपालिकाको अन्तिम मतगणना परिणाम एक साताभित्र आउने निर्वाचन आयोगले जनाएको छ । वडा १, ३२ र वडा २ को मतगणना सुरु भएको छ ।

तपाईंको बिचार