Friday, October 20, 2017

भरतपुर महानगरमा रेणु पछाडिए, एमालेको अग्रता कायमै

प्रकाशित मिति: 2017/05/17

चितवन । भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका देवीप्रसाद ज्ञवालीको अग्रता कायमै रहेको छ । पछिल्लो मतपरिणाम अनुसार उनले दुई हजार ८९४ मत प्राप्त गरेका छन् ।

माओवादी केन्द्रकी रेणु दाहालले एक हजार ९०२ र राप्रपाका बद्री तिमिल्सिनाले १८४ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा काँग्रेसकी पार्वती शाहले दुई हजार २८९ मत पाएका छन्, भने एमालेकी दिब्य शर्मा आचार्यले दुई हजार २६६ मत प्राप्त गरेका छन् ।  राप्रपाकी रिना गुरुङले २२३ मत पाएका छन् ।

तपाईंको बिचार