Friday, May 26, 2017  |    

कास्कीमा एमाले तीन गाउँपालिका र काँग्रेस एकमा विजयी

प्रकाशित मिति: 2017/05/19

पोखरा । कास्कीका चार गाउँपालिकाको निर्वाचनमा नेकपा एमाले तीनमा अध्यक्ष तथा उपाध्यक्ष सहित र नेपाली काँग्रेस एक गाउँपालिकाको अध्यक्षमा विजयी भएको छ ।

एमालेले मादी ,रुपा र माछापुच्छे् गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा विजयी भएको छ भने काँग्रेसले अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा विजयी हासिल गरेको छ, उपाध्यक्षमा एमाले नै विजयी भएको छ ।

मादी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका वेदबहादुर गुरुङले चार हजार ६३७ मत र उपाध्यक्षमा विष्णुमाया पौडेल आचार्यले चार हजार ५२३ मत ल्याई विजयी हुनुभएको छ ।

त्यस्तै रुपा गाउँपालिकाको अध्यक्षमा नवराज ओझाले चार हजार २१२ मत र उपाध्यक्षमा लालसुवा गुरुङ तीन हजार ९९५ मत ल्याई विजयी हुनुभएको छ ।

माछापुच्छे् गाउँपालिकाको अध्यक्षमा कर्णबहादुर गुरुङले पाँच हजार ८०७ मत र कृष्णकुमारी पौडेल दवाडीले पाँच हजार ४७९ मत ल्याई विजयी हुनुभएको छ ।

अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा भने काँग्रेसका युवराज कुँवर चार हजार ६७२ मत ल्याई विजयी हुनुभएको छ भने उपाध्यक्षमा एमालेका सगुन गुरुङले चार हजार ५८६ मत ल्याई विजयी हुनुभएकोछ । –रासस

तपाईंको बिचार