Sunday, November 19, 2017

राजीनामा दिनुअघि प्रचण्ड र देउवाबीच छलफल

प्रकाशित मिति: 2017/05/23

जेठ ९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिने तयारी गरिरहेको बेला बालुवाटारमा प्रचण्ड– कांग्रेस सभापति शेरबहादुर देउवाबीच विशेष छलफल चलिरहेको छ । 

छलफल प्रधानमनन्त्रीले संसदलाई गर्ने सम्बोधन, मधेसी मोर्चाको माग, आगामी जेठ ३१ गते हुने चुनाव र नयाँ सरकार गठनलगायतका विषयमा केन्द्रीत रहेको बालुवाटार स्रोतले जनाएको छ ।

गत साउनमा प्रचण्ड नेतृत्वको सरकार गठन हुँदा कांग्रेस माओवादीबीच भएको सहमतिअनुसार अब देउवा नेतृत्वमा सरकार गठन हुँदैछ । सोहि सहमति कार्यान्वयन गर्न प्रचण्डले राजीनामा दिन लागेको सो अघि दुई नेताबीच विशेष छलफल भएको हो । राजीनामा दिनुअघि प्रचण्डले दिउँसो १ बजे संसदलाई विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

तपाईंको बिचार