Sunday, November 19, 2017

प्रधानमन्त्रीले सम्बोधन गरी दिने राजीनामा अनिश्चित बन्यो

प्रकाशित मिति: 2017/05/23

काठमाडौं । स्थानीय तहको संख्या २२ वटा थप्ने सरकारको निर्णयको विरुद्ध संसद अवरुद्ध गर्ने प्रमुख प्रतिपक्षी एमालेले चेतावनी दिएपछि दुई पटक स्थगित भएको संसदको बैठक अनिश्चित भएको छ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गरी राजीनामा दिने तयारी छ। बालुवाटारमा बसेको अन्तिम मन्त्रिपरिषद्को बैठकपछि मन्त्रीहरुले सामूहिक फोटो पनि खिचाइसकेका छन्। विवाद समाधानका लागि सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री, कांग्रेस र एमालेलाई छलफलमा डाकेकी थिइन्। तर स्थानीय तहको संख्या थप्ने सरकारको निर्णय फिर्ता नलिएसम्म संसद चल्न नदिने भन्दै एमाले अध्यक्ष केपी ओली पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी हुन हिँडे। 

आज बिहान ११ बजे बोलाइएको बैठक दिउँसो १ बजेसम्मलाई स्थगित गरिएको थियो। तर, १ बजे पनि बैठक बस्न नसकेपछि पुनः सुचना टाँस गरी दिउँसो ३ बजेसम्मलाई स्थगित गरिएको थियो। साँझ ५ बजेसम्म बैठक बस्न सकेन भने अर्को संसद सचिवालयले अर्को सूचना जारी गर्नुपर्छ। 

तपाईंको बिचार