Thursday, September 21, 2017

काठमाडौं महानगरमा ८० प्रतिशत मतगणना हुँदा एमाले ४५ हजार ३ सय १३ मत सहित अग्रता

प्रकाशित मिति: 2017/05/24

काठमाडौं । काठमाडौं महानगरपालिकामा अहिलेसम्म ८० प्रतिशतभन्दा बढी मतगणना भइसकेको छ। यही रफ्तारले जाने हो भने भोलिसम्ममा मतपरिणाम सार्वजनिक हुनसक्नेछ। मतगणना सुरु भएको १० दिनसम्म करिब ८० प्रतिशत अर्थात १ लाख ३६ हजार भन्दा बढी मत गणना भइसकेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार महानगरमा १ लाख ७३ हजार मत खसेको छ। अब २६ हजार हाराहारी मत गन्न बाँकी रहेको छ। पछिल्लो नतिजा हेर्ने हो भने २४ घण्टामा सरदर २० हजार मत गणना भइरहेको छ। पछिल्लो मत परिणाम अनुसार एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले ४५ हजार ३ सय १३ मत प्राप्त गरेको छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसका राजुराज जोशीले ३१ हजार ७ सय ७३ मत प्राप्त गरेको छ।  पहिलो र दोस्रो बिचमा १३ हजार ५ सय ४० मतले फरक छ।
तेस्रो स्थानमा विवेकशीलकी रञ्जु दर्शना छिन्। उनले १६ हजार ५ सय २३ मत प्राप्त गरेक छिन्। चौथोमा साझाका किसोर थापाले १२ हजार ५ सय तीन मत ल्याएका छन्। माओवादी केन्द्रका सर्वोत्तम ढंगोलले ५ हजार ७ मत मात्रै प्राप्त गरेका छन्।

उपमेयरमा भने नेपाली कांग्रेसको अग्रता कायमै छ। पछिल्लो मत परिणाम अनुसार कांग्रेसकी उम्मेदवार हरिप्रभा खड्गीले ४१ हजार २ सय २३ मत प्राप्त गरेकी छिन्। राप्रपाका राजाराम श्रेष्ठले २४ हजार ६ सय १८ मत मात्रै प्राप्त गरेका छन्। यो मत खड्गीको भन्दा १६ हजार ६ सय ५ मत कमी हो।

तेस्रो स्थानमा साझाका निरुपमा यादवले ८ हजार ८६ मत प्राप्त गरेको छ। उपमेयरमा पनि माओबादी चौथो स्थानमै छ। माओबादी केन्द्रका उम्मेदार सुशिला पौडेलले ६ हजार ६ सय ७४ मत मात्रै प्राप्त गरेको छ। अहिलेसम्म महानगरका १, २, ३, ५, १८, १९, २०, २२, २३, २४, २५, २६, २७, २८, २९ र ३० वडाको मत परिणाम सार्वजनिक भइसकेको छ। अब १०, १४ र १६ वडाको मात्रै मत गन्न बाँकी छ।

तपाईंको बिचार