Sunday, November 19, 2017

संसद बैठक भोलीसम्मलाई स्थगित, प्रधानमन्त्रीले सिंहदरबारबाटै राजीनाम दिने संकेत

प्रकाशित मिति: 2017/05/24

काठमाडौं। आज ११ बजे बस्ने भनिएको संसदको बैठक भोली विहिबार ४ सम्मको लागि स्थगित भएको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीले बोलाएको छलफलमा नआएको र संसद बैठक अवरुद्ध गर्ने चेतावनी दिएपछि संसद भोली दिउँसो ४ बजेसम्मको लागि स्थगित भएको हो। 

प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्दै राजीनामा दिने तयारी गरे पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद चल्न नदिने बताएपछि बैठक स्थगित भएको हो। यसअघि बुधबारको बैठक पनि स्थगित भएको थियो। सहमतिका लागि प्रधानमन्त्रीले बोलाएको बैठकमा एमाले अध्यक्ष ओली गएनन्। संसदमा सम्बोधन गर्न नपाएपछि प्रधानमन्त्री प्रचण्डले सिंहदरबारबाटै देशबासीका नाममा सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका छन्। प्रधानमन्त्रीले सिंहदरबारबाट देशबासीका नाममा सम्बोधन गर्न लागेको सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए। त्यसका लागि प्रधानमन्त्री प्रचण्ड बानेश्वरबाट सिंहदरबार प्रस्थान गरिसकेका छन्।

तपाईंको बिचार