Saturday, July 22, 2017  |    

राजपाले आन्दोलनको कार्यक्रम पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी

प्रकाशित मिति: 2017/05/26

जेठ १२, काठमाडौं । मधेस केन्द्रीय ५ पार्टीको एकतापछि बनेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल चुनाव बहिष्कार गरेर आन्दोलनमा जाने निर्णय गरेको छ । राजपाले तय गरेको आन्दोलनका कार्यक्रमलाई संघीय गठबन्धनको बैठक बसेर अन्तिम रुप दिन आजै अपरान्ह पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरिएको छ ।

पार्टी कार्यालय बिजुलीबजारमा बसेको अध्यक्षमण्डलको बैठकले अहिलेकै अवस्थामा चुनावमा जान नसकिने ठहर गर्दै आन्दोलनमा जाने निर्णय गरिएको राजपा नेपालका नेताले बताएका छन् । उनका अनुसार आन्दोलनका कार्यक्रम धर्ना, कोणसभादेखि बन्दहड्तालसम्मको हुने छ । राजपाले संविधान संशोधन हुनुपर्ने, तराई मधेसमा स्थानीय तहको संख्या जनसंख्याको आधारमा निर्धारण गरिनु पर्ने, चुनाव लड्नको लागि दल दर्ता र निर्वाचन चिन्ह पाउनु पर्ने जस्ता प्रमुख माग राख्दै आएको छ ।

तपाईंको बिचार