Sunday, November 19, 2017

दोश्रो निर्वाचन ९ गते गर्ने सरकारको निर्णयपछि राजपा आन्तरिक छलफलमा व्यस्त

प्रकाशित मिति: 2017/05/30

काठमाडौं। सरकारले स्थानीय तहको दोश्रो चरणको निर्वाचनको मिति पछि सारेसँगै राष्ट्रिय जनता पार्टी आन्तरिक छलफलमा जुटेको छ । सरकारको पछिल्लो निर्णयलाई सकारात्मक रुपमा लिए पनि यसबारे ठोस धारणा बनाउन लागिएको हो ।

आफ्नो माग कार्यान्वयन नभएको भन्दै निर्वाचनमा नजाने अडान लिंदै आएको राजपाले निर्वाचनमा सहभागी हुने नहुनेबारे धारणा बनाउन लागेको हो । मधेसकेन्द्रित ६ वटा दल मिलेर बनेको राजपाले मधेस आन्दोलनका क्रममा मृत्यु भएकालाई शहिद घोषणा, मुद्दा फिर्ता लगायतका विषयमा प्रक्रिया अघि बढाइए पनि कार्यान्वयन नभएको आरोप लगाएको छ ।

आन्तरिक छलफलपछि सरकारको पछिल्लो निर्णयबारे आधिकारिक धारणा सार्वजनिक गरिने यस पार्टीका नेताहरुले बताएका छन् । निर्वाचन लगत्तै संविधान संशोधन हुने ग्यारेन्टी भए निर्वाचनमा सहभागी हुने उनीहरुको तयारी छ ।

तपाईंको बिचार