Wednesday, February 21, 2018

एमालेद्वारा संसद बैठक अवरुद्ध

प्रकाशित मिति: 2017/05/31

जेठ १७, काठमाडौं । भरतपुर महानगरको मतपत्र च्यातेर मतगणना रोकिएको विरोधमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले बुधबारको संसद बैठक अवरुद्ध गरेको छ। 

बिहान ११ बजेका लागि बोलाएको बैठक एक घन्टा ढिला गरी सुरु भएको थियो। एमाले सांसदहरुले भरतपुरमा घटनाको विरोध गर्दै नाराबाजी गरेपछि बैठक स्थगित भएको हो। एमाले अवरोधपछि बैठक बिहिबारसम्मका लागि स्थगित गरिएको छ।

तपाईंको बिचार