Saturday, July 22, 2017  |    

राजपाद्वारा आन्दोलनको कार्यक्रम फिर्ता

प्रकाशित मिति: 2017/05/31

जेठ १७, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले दोस्रो चरणको स्थानीय तहको निर्वाचन बिथोल्ने गरी घोषणा गरेको आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ। आमहड्ताल, बन्द र मसाल जुलुसका कार्यक्रम घोषणा गरेकोमा अब अरू कार्यक्रम बाहिर ल्याउने भएको राजपाका नेता जनाएका छन् ।

राजपाले गत जेठ १२ गते संविधान संशोधनको माग राखेर निर्वाचन बिथोल्ने गरी आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको थियो। उम्मेदवारी दर्ता गर्ने दिनलाई लक्षित गर्दै पार्टीले जेठ १८ र १९ दुई दिन आमहड्तालसमेत आह्वान गरेको थियो।

तपाईंको बिचार