Saturday, July 22, 2017  |    

सहमतिमा सरकार नबनेपछि अब असार २१ गते नयाँ प्रधानमन्त्रीको लागि निर्वाचन

प्रकाशित मिति: 2017/06/01

काठमाडौं । संसदमा नयाँ प्रधानमन्त्री चयनका लागि २१ गते निर्वाचन हुने भएको छ। सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा बुधबार सकिएपछि आजै संसदले बहुमतीय प्रक्रिया सुरु गर्न लागेको हो। 

संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले आजै नयाँ प्रधानमन्त्री चयनका लागि कार्यतालिका प्रकाशित गर्न लागेका हुन्। संसद बैठक नेकपा एमालेले भरतपुर महानगरको मतगणना माग गर्दै अवरुद्ध पार्दै आएको छ। बिहीबारको बैठक पनि एमालेले अवरुद्ध गरेपछि सभामुख ओनसरी घर्तीले संसदको अर्को बैठक २१ गतेका लागि डाकेकी छिन्। 

यसबीचमा नयाँ प्रधानमन्त्री चयनका लागि मनोनयन दर्ता लगायतका कार्यक्रम हुनेछ। त्यसका लागि भने संसद बैठक सुचारु हुनु पर्दैन। तर, प्रधानमन्त्री निर्वाचनका लागि मत विभाजनको कार्यक्रम भने संसद भित्रै हुनेछ। एमालेको अवरोध कायम रहे २१ गतेको प्रधानमन्त्रीको निर्वाचन समेत प्रभावित हुने देखिन्छ।

तपाईंको बिचार