Saturday, July 22, 2017  |    

प्रतिपक्षी दलहरुको बैठक सिंहदरबारमा जारी

प्रकाशित मिति: 2017/06/02

जेठ १९, काठमाडौं । प्रधानमन्त्री निर्वाचनका विषयमा भावी रणनीति तय गर्न प्रतिपक्षी गठबन्धनकोे बैठक सिंहदरवारमा जारी छ ।

बहुमतिय आधारमा प्रधानमन्त्रीको निर्वाचनका लागि राष्ट्रपतिबाट आव्हान भएपछि गठबनधनले बैठक बोलाएको हो । बैठकले प्रधानमन्त्रीमा उम्मेदवारी दिने या नदिने भन्ने विषयमा छलफल गर्ने बताइएको छ ।गठबन्धनमा नेकपा एमाले, माले, नेमकिपा, राजमो लगायत नौ दल छन् । बैठकमा पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल हुने बताएका छन् । यसअघि संसद अवरुद्ध गर्दै आएको प्रतिपक्षले प्रधानमन्त्री निर्वाचनमा के गर्छ भन्ने चासो बढिरहेको छ । भरतपुर मतगणनापछि उत्पन्न परिस्थितिका कारण अवरुद्ध संसदका बारेमा पनि छलफल हुने छ ।

तपाईंको बिचार