Saturday, July 22, 2017  |    

राजपा नेपालको न्युनतम माग पुरा भए चुनावमा भाग लिने

प्रकाशित मिति: 2017/06/02

काठमाडौं राष्ट्रिय जनता पार्टी, नेपाल स्थानीय तहको निर्वाचनमा भाग लिन सकारात्मक देखिएको छ । पार्टीका नेता लक्ष्मण लालकर्णले आफूहरु निर्वाचन विरोधी नभएको भन्दै न्युनतम विषयमा दलहरु सहमतिमा आए राजपा नेपाल चुनावमा भाग लिन तयार रहेको स्पष्ट पारे ।

शुक्रबार काठमाडौंमा संचारकर्मीसँग कुरा गर्दै नेता कर्णले आफूहरुको न्यूनतम माग सम्बोधन गरेर सरकारले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा भाग लिने वातावरण बनाउनुपर्ने माग राखे । मधेश आन्दोलनका क्रममा सहिद भएकाका परिवारलाई क्षतिपूर्ति दिने, झुटा मुद्दा फिर्ता लिने लगायतका काम गरेर भएपनि सरकारले निर्वाचनमा जाने वातावरण बनाउनुपर्ने नेता कर्णको भनाइ छ । राष्ट्रिय जनता पार्टी, नेपालले निर्वाचनको मिति असार १४ गते सारेर सरकारले निर्वाचनमा जाने वातावरण बनाउन प्रयास गरेको प्रतिक्रिया पनि दिएको छ । 

तपाईंको बिचार