Saturday, July 22, 2017  |    

संसद बैठक ३ बजेसम्मका लागि स्थगित

प्रकाशित मिति: 2017/06/04

जेठ २१, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधका कारण आज बस्न लागेको व्यवस्थापिका संसद्को बैठक पनि चल्न सकेन् । कार्यसूचीमा प्रवेश नगरी संसद बैठक स्थगन भएको छ ।

अर्को बैठक आज दिउँसो ३ बजेको लागि बोलाइएको छ । भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको घटनाको विरोध गर्दै आएको एमालेले तेस्रो पटक पनि सदन अवरोध गरेको हो । विपक्षीले अवरोध गरेको अवस्थामा संसद्को कार्यवाही अघि बढ्न नसक्ने जनाएर बैठक यही जेठ २१ गते आइतबार बिहान ११ बजेको लागि सभामुख ओनसरी घर्तीमगरले बोलाएकी थिइन् ।

तपाईंको बिचार