Saturday, July 22, 2017  |    

संघीय समाजवादीले देउवालाई समर्थन गर्ने

प्रकाशित मिति: 2017/06/04

जेठ २१, काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले प्रधानमन्त्रीका उम्मेदवार शेरबहादुर देउवाको पक्षमा मतदान गर्ने निर्णय गरेको छ। आइतबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

कांग्रेस सभापति देउवाले संघीय समाजवादी फोरमलाई संविधान संशोधनलगायतका माग पूरा गर्ने आश्वासन दिएपछि पक्षमा मतदान गर्ने निर्णय गरेको हो । संविधान संशोधनलगायतका माग मुद्दा पूरा गर्ने आश्वासन देउवा दिएका जनाइएको छ । 

फोरमले तत्काल सरकारमा जानेबारे केही नसोचेको जानाएको छ । 

तपाईंको बिचार