Monday, September 25, 2017

राप्रपाले प्रधानमन्त्रीका लागि देउवालाई समर्थन गर्ने

प्रकाशित मिति: 2017/06/04

जेठ २१, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीका उम्मेदवार शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ। पार्टी संसदीय दलको आज बसेको बैठकले देउवाका पक्षमा मतदान गर्ने निर्णय गरेको हो।

त्यस्तै, बैठकले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग सरकारमा सहभागिताका लागि वार्ता गर्न पार्टीका महामन्त्री जयन्त चन्दको संयोजकत्वमा पूर्वमन्त्री दिलनाथ गिरी र प्रमुख सचेतक कुन्तीकुमारी शाही सदस्य रहेको समिति गठन गरेको छ। व्यवस्थापिका–संसद्मा राप्रपाबाट ३७ सांसदले प्रतिनिधित्व गरेका छन्। 

तपाईंको बिचार