Monday, September 25, 2017

देउवा सरकारमा ७ मन्त्रीसहित मन्त्रीमण्ड विस्तार

प्रकाशित मिति: 2017/06/07

जेठ २४, काठमाडौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको संयूक्त सरकारमा तीन उपप्रधामन्त्रीसहित ७ जना मन्त्री नियुक्त भएका छन् । मन्त्रिपरिषद आठ सदस्यीय बनेको छ । नव नियुक्त प्रधानमन्त्री देउवाले राष्ट्रपति बिद्या भण्डारीबाट शपथ लिए लगत्तै मन्त्रीहरुको पनि शपथग्रहण पुरा भएको छ ।

उपप्रधानमन्त्रीहरुमा लोकतान्त्रिक फोरमबाट बिजयकुमार गच्छादार संघीय मामिला र स्थानीय बिकास, नेकपा माओबादी केन्द्रका कृष्णबहादुर महरा परराष्ट्र मन्त्री र काँग्रेसका गोपालमान श्रेष्ठ शिक्षा मन्त्री समेत हुनुभएको छ । काँग्रेसबाट अर्थमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की हुनुभएको छ भने गृहमन्त्रीमा माओबादी केन्द्रका जनार्दन शर्मा हुनुहुन्छ । त्यस्तै माओबादीका प्रभु शाह विना बिभागीय मन्त्री हुनुभएको छ । काँग्रेसका फर्मुल्लाह मन्सुर श्रममन्त्री हुनुभएको छ ।

तपाईंको बिचार