Saturday, July 22, 2017  |    

उपेन्द्र यादव र सरिता गिरी एक हुने

प्रकाशित मिति: 2017/06/09

जेठ २६, काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र सरिता गिरी नेतृत्वको नेपाल सदभावना पार्टीबीच आज पार्टी एकता हुने भएको छ । दुई पार्टीबीच दिउँसो पत्रकार सम्मेलन गरी एकताको घोषणा गर्न लागिएको हो ।

घोषणापछि पार्टीको नाम, झण्डा सबै संघीय समाजवादी फोरमकै राख्ने सहमति भएको छ । पदका बारेमा कुनै बार्गेनिङ नगरेको र पार्टीले जुन पद दिन्छ त्यही  स्वीकार्य हुने गिरीले बताइन । राजेन्द्र महतो नेतृत्वको सदभावनाबाट पार्टी फुटाएर गिरीको नेतृत्वमा नेपाल सदभावना पार्टी गठन भएको थियो । 

तपाईंको बिचार