Monday, September 25, 2017

चुनावअघि संविधान संशोधन सम्भव छैन : प्रधानमन्त्री

प्रकाशित मिति: 2017/06/09

जेठ २६, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणको स्थानीय तहको चुनावअघि संविधान संशोधन सम्भव नभएको बताएका छन्। 

शुक्रबार संसदमा मधेस केन्द्रित दलका नेताहरुले संविधान संशोधनको माग गरे पनि चुनावअघि सम्भव नभएको बताएका हुन्। हामीसँग चुनाव गर्नुपर्ने जिम्मेवारी छ। त्यसैले एमाले लगायतका साथीहरुले सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ। चुनावअघि संविधान संशोधन हुन सक्दैन उनले भने। अहिले संविधान संशोधन विधेयक पारित हुने अवस्था नरहेको भन्दै प्रधानमन्त्री देउवाले दोस्रो चरणको चुनावपछि संविधान संशोधन विधेयक पारित गर्ने बताए। आफ्नो मन्त्रिपरिषद समावेशी नभएको भन्दै आलोचना भएको भन्दै देउवाले समानुपातिक समावेशी सिद्धान्त अनुसार मन्त्रिपरिषद निर्माण गर्ने बताए।

तपाईंको बिचार