Saturday, December 16, 2017

सरकारको राजपासँग अन्तिम भनिएको वार्ता असफल

प्रकाशित मिति: 2017/06/11

जेठ २८, काठमाडौं । सरकारले मधेश केन्द्रीत दल राजपासँग सहमतिका लागि गरेको अन्तिम प्रयास पनि असफल भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा भएको छलफलमा पनि सहमति हुन सकेन ।

असार १४ को निर्वाचन अघि नै संविधान संसोधन गरी आफूहरुका माग सम्बोधन गर्नु पर्ने राजपाको मागमा सरकार सहमत नभएपछि वार्ता विना निष्कर्ष सकिएको हो । राजपाले भने संविधान संविधान संसोधन विना चुनावमा जान नसक्ने बताएको छ । प्रधानमन्त्री देउवाले भने आजको बैठकमा सहमतिका लागि अनितम प्रयास गर्ने बताएका थिए

तपाईंको बिचार