Sunday, November 19, 2017

राजपालाई चुनावमा सहभागी गराउन प्रमुख दलसँग आज वार्ता हुने

प्रकाशित मिति: 2017/06/14

जेठ ३१, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)लाई चुनावमा सहभागी गराउने विषयमा प्रधानमन्त्रीसहित शीर्ष नेताबीच आज अन्तिम कसरत हुँदैछ। प्रधानमन्त्री शेरबहादुर देउवाले राजपासहित प्रमुख दलका शीर्ष नेताको बैठक बुधबार साँझ ५ बजे बोलाएका छन्।

राजपाले चुनावमा आउने लिखित प्रतिवद्धता गरे संविधान संशोधन लगायतका राजनीतिक मुद्दालाई चुनावलगत्तै सम्वोधन गर्नेगरी लिखित सहमतिको तयारी प्रमुख दलको छ। राजपाले संशोधन नभइ चुनावमा सहभागी नहुने भन्दै दोस्रो चरणमो निर्वाचनको १६ दिनअघि आमहड्तासहितका विरोधका कार्यक्रम घोषणा गरेको छ। प्रदेश नम्वर २ मा राजपाले अन्य दल र निर्वाचनज आयोगका गतिविधिमा पनि अवरोध पुर्‍याइरहेको छ।

तपाईंको बिचार