Saturday, July 22, 2017  |    

प्रदेश नम्बर २ को निर्वाचन असोज २ गते गर्ने सरकारको औपचारिक निर्णय

प्रकाशित मिति: 2017/06/15

काठमाडौं । सरकारले निर्वाचन आयोगको असहमतिका बीच प्रदेश नम्बर २ को चुनाव आगामी असोज २ गते गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले प्रदेश नम्बर २ को चुनाव राखेर असोज २ मा गर्ने निर्णय गरेको हो ।

प्रदेश नम्बर १, ५ र ७ मा असार १४ गते हुनेछ । प्रदेश नम्बर २ मा भने असोज २ गते हुनेछ । यसअघि सरकारले राष्ट्रिय जनता पार्टीसँग प्रदेश नम्बर २ को चुनाव सार्ने सहमति जनाएको थियो । तर, यो निर्णयमा निर्वाचन आयोगको असहमति कायमै छ । सरकारले यो निर्णयसँगै असार १४ को चुनावमा राजपा सहभागी हुने दाबी गरेको छ । 

तपाईंको बिचार