Monday, September 25, 2017

स्थानीय तहको मतपरिणाममा कुन पार्टीको कति स्थान

प्रकाशित मिति: 2017/06/30

असार १६, काठमाडौं । दोस्रो चरण निर्वाचनको अधिकांश स्थानीय तहमा मतगणना जारी छ। निर्वाचन स्थगित भएका दुई स्थानसहित २५ स्थानमा मतगणना सुरु भएको छैन। अन्य ३०७ स्थानीय तहमा भने मतगणना जारी छ।

मतगणना जारीसँगै ७ स्थानीय तहको मतपरिणाम आइसकेको छ । उक्त स्थानमा कांग्रेस ३, एमाले ३ र माओवादी १ स्थानमा विजयी हासिल गर्न सफल भएका छन् भने यो समाचार तयार पार्दासम्म अग्रता हिसाबमा नेपाली कांग्रेस ८५ स्थान, नेकपा एमाले ७७ स्थान, माओवादी केन्द्र ३१ स्थान, राप्रपा ३ स्थान, फोरम र नयाँ शक्ति ३, फोरम लोकतान्त्री ५ र अन्य ४ स्थानमा अग्रता लिइरहेका छन् ।

तपाईंको बिचार