Monday, September 25, 2017

उपप्रधान तथा परराष्ट्रमन्त्री महरा नयाँ दिल्लीमा

प्रकाशित मिति: 2017/07/02

असार १८, काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको निमन्त्रणामा उपप्रधानमन्त्री कृष्णबहादुर महरा आज बिहानै नयाँ दिल्ली पुगेका छन्। 

दुई दिने भारत भ्रमणका लागि नयाँ दिल्ली पुगेका महरालाई भारतका लागि नेपाली राजदुत दीपकुमार उपाध्यायले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर स्वागत गरेका थिए। राजदुत उपाध्यायका साथमा भारतस्थित नेपाली दुतावासका अधिकारीहरु भारतको विदेश मन्त्रालयका अधिकारीहरु पनि विमानस्थल पुगेका थिए। 

महराले भारत बसेर आजै नेपालका लागि गैरआवासीय दुतका रुपमा काम गर्ने विभिन्न देशका राजदुतहरुसँग कुरा गर्ने कार्यक्रम रहेको दिल्लीस्थित नेपाली दुतावासले जनाएको छ। विभिन्न देशका राजदुतहरुसँग महराले राष्ट्रसघ मानवअधिकार परिषद सदस्यका लागि हुने चुनावमा नेपालका पक्षमा भोट हाल्न आग्रह गर्ने महराको निजी सचिवालयले जनाएको छ। 

तपाईंको बिचार