Thursday, September 21, 2017

‘राजपा’का नेताले जिते मेयर पदमा

प्रकाशित मिति: 2017/07/06

असार २२, भैरहवा । लुम्बिनी सांस्कृतिक नगरपालिकामा 'राजपा'का उम्मेदवार शंख चुनाव चिन्हमा विजयी भएका छन् ।

स्वतन्त्र उम्मेदवारी दिएका ‘राजपा’का मनमोहन चौधरी (कन्हैयाबावु)ले ८ हजार १७५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका फकरुद्दिन खाँले ७ हजार ३९ मत प्राप्त गरेका छन् । स्वतन्त्रबाट विजयी हुने उनी राजपा रूपन्देहीका अध्यक्ष मण्डलका अध्यक्ष समेत हुन् ।

उपमेयरमा भने संघीय फोरमका जानकीदेवी श्रीवास्तवले ४ हजार ७२० मतका साथ विजयी भएकी छन् । प्रतिद्वन्द्वी कांग्रेसकी रमावती यादवले ४ हजार ५८८ मत प्राप्त गरेकी छन् ।

तपाईंको बिचार