Sunday, November 19, 2017

नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी पार्टीबीच एकता हुने

प्रकाशित मिति: 2017/07/23

साउन ८, काठमाडौं। नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी पार्टीबीच एकीकरणको अन्तिम तयारी सुरु भएको छ । पार्टीको नाम र नेतृत्वबारे टुंगो लाग्न बाँकी रहेको जनाइएको छ । सहमतिको प्रयासमा दुई दलका शीर्षनेताहरु छलफलमा जुटेका छन् ।

डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले गत बैशाखमा नै पार्टी एकता गर्न चाहेको थियो । तर, उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले पार्टी एकताभन्दा मोर्चाबन्दीमा बढी जोड दियो । पहिलो र दोस्रो चरणको स्थानीय चुनावमा समान चुनाव चिन्ह लिएर लडेका दुबै दलले अपेक्षाकृत मत नपाएपछि अहिले एकता प्रयासमा जुटेका छन् ।

असोज २ गते प्रदेश नम्बर २ मा हुने चुनावमा सकारात्मक प्रभाव पार्ने गरी चुनावअघि नै पार्टी एकता गर्ने दुबै पार्टीका नेताहरुको प्रयास छ । 

तपाईंको बिचार