Sunday, November 19, 2017

मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा प्रधानमन्त्री

प्रकाशित मिति: 2017/07/25

काठमाडौ । नेपाली कांग्रेसबाट मन्त्री बन्नेहरुको नाम करिब टुंगो लागेको छ । मंगलबार नै मन्त्रीमण्डल विस्तारको अन्तिम तयारीमा जुटेका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा समूहबाट ४, वरिष्ठ नेता रामचन्द्र पौडेलबाट ४, नेता कृष्ण सिटौला र खुमबहादुर खड्का पक्षबाट १, १ गरी १० जना नयाँ मन्त्री बनाउन कांग्रेस नेताहरु सहमत भएका हुन् । 

भागवण्डाका आधारमा पार्टीबाट मन्त्री बन्नेहरुको नाम छनौट गरेका कांग्रेस नेताहरुले केहीबेरपछि औपचारिकता प्रदान गरिने जनाएका छन् ।  कांग्रेसबाट १०, माओवादी केन्द्रबाट ६ र लोकतान्त्रिक फोरमबाट २ समेत गरी मंगलबार १८ मन्त्री थप गर्ने तयारी देउवाले गरेका छन् ।

कांग्रेसबाट मन्त्री बन्नेहरुमा प्रधानमन्त्री तथा सभापति देउवा पक्षबाट मिन विश्वकर्मा,वीरबहादुर बलायर,अर्जुन जोशी,अम्बिका बस्नेत,पौडेल पक्षबाट
बलबहादुर केसी, रामकृष्ण यादव,राजन ९राजेन्द्रबहादुर० केसी, सरिता प्रसाईं वा कमला पन्तमध्ये एकजना र सिटौला समूहबाट भीमसेनदास प्रधान,  खुमबहादुर खड्काको तर्फबाट मोहनबहादुर बस्नेतको नाम टुंगो लागेको छ । 

माओवादीले मन्त्रीको नाम टुंग्याए पनि सार्वजनिक गरेको छैन । स्रोतका अनुसार माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल, महेन्द्रबहादुर शाही, आशा खनाल, टेकबहादुर बस्नेत, सीता नेपालीलगायतको नाम मन्त्रीको लिस्टमा समावेश भएको चर्चा छ । फोरम लोकतान्त्रिकले भने यसअघि नै मन्त्री भएका जितेन्द्र देव र गोपाल दहितलाई पठाउने भएको छ ।

 

तपाईंको बिचार