Sunday, November 19, 2017

माओवादीले सरकारमा सहभागि हुने मन्त्री र राज्यमन्त्रीको नाम टुङ्गो लगायो

प्रकाशित मिति: 2017/07/26

काठमाडौं । नेकपा माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्व सरकारमा सहभागी हुने ६ मन्त्री र ३ राज्यमन्त्रीको टुङगो लगाएको छ । पार्टी केन्द्रीय कार्यालय  परिसडाँडामा बसेको बैठकले मन्त्रीको टुङगो लगाएको हो।

स्वास्थ्य मन्त्रीमा गिरिराजमणि पोखरेललाई र महेन्द्रबहादुर शाही ऊर्जा मन्त्रीमा भने टेकबहादुर बस्नेत सामान्य प्रशासन मन्त्रालय, सन्तकुमार थारु चौधरीले पशुपंछी मन्त्रालय पाएका छन्, त्यस्तै शिवकुमार मण्डल र आशा खनाल कोइरालाले भने  कुन मन्त्रालय पाउने भन्ने टुङगो लागिसकेको छैन ।

राज्यमन्त्रीमा रामसिंह यादव, जाकिर हुसेन  र शम्भू श्रेष्ठको नाम टुंगो लागेको छ। अन्य थप २ राज्यमन्त्रीसमेत टुङग्याउने तयारी भइरहेको छ ।

देउवा नेतृत्वको सरकारमा  माओवादी केन्द्रबाट यसअघि नै उपप्रधान तथा परराष्ट्रमन्त्रीमा कृष्णबहादुर महरा, गृहमन्त्रीमा जनार्दन शर्मा गृह र प्रभू साह सहरी विकास मन्त्री भइसकेका छन्। 

तपाईंको बिचार