Sunday, November 19, 2017

वैकल्पिक शक्तिको रुपमा उभिएका विवेकशील र साझा पार्टीबीच आज एकीकरण

प्रकाशित मिति: 2017/07/26

काठमाडौं । अहिलेको आवश्यकता र वैकल्पिक राजनीतिक शक्ति भन्दै अघि बढेको दुई दल विवेकशील नेपाली र साझा पार्टीबीच आज एकीकरण भएको छ। 

एकीकृत पार्टीमा संयोजक खाली राखिएको छ। विवेकशीलका अध्यक्ष उज्ज्वल थापा र साझा पार्टीका संयोजक रविन्द्र मिश्र एकीकृत पार्टीमा सहसंयोजक  रहेका छन भने रन्जु दर्शना न्यौपाने र किशोर थापा दुवैलाई केन्द्रीय समिति सदस्यमा राखिएको छ। 

अहिले एकीकृत पार्टीमा ३४ जनाको केन्द्रीय कार्यसमिति रहने र महाधिवेशनसम्म ५९ जना केन्द्रीय सदस्य बनाइने पार्टीले जनाएको छ। 

तपाईंको बिचार