Sunday, November 19, 2017

भागवण्डाले कांग्रेस अघि बढ्न सक्दैन : कोइराला

प्रकाशित मिति: 2017/07/27

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसभित्रको गुटगत राजनीतिको विरोध गर्दै यसरी नेपाली कांगेस अघि बढ्न नसक्ने बताएका छन्। 

देशभरबाट आएका नेपाल प्रेस युनियनआवद्ध पत्रकारलाई चियापानका लागि आफ्नै निवासमा डाकेका महामन्त्री कोइरालाले गुटबन्दी अन्त्य अनिवार्य भएको बताए। अहिले कांग्रेसमा जे भइरहेको छ, ठिक भइरहेको छैन, महामन्त्री कोइरालाले भने, भागवण्डाको राजनीतिले पार्टीलाई मात्र हैन डेमोक्रेसीलाई नै खत्तम पार्छ। 

उनले भागवण्डा कांग्रेसमा मात्र नभएर कसैमा पनि हुन नहुने बताए। भागवण्डाका आधारमा मन्त्री छनौटप्रति असन्तुष्टि पोखेका कोइरालाले स्थानीय चुनावमा टिकट बाँड्दा कम गुटबन्दी भएको बताए। त्यसबेला कसलाई टिकट दिने भन्ने विषयमा बहस भए पनि नेताहरु सँगै बसेर निर्णय गर्नुभएको थियो, कोइरालाले भने, तर यसको भागमा यति मन्त्री भनेर बनाउने कुरा ठिक हुँदैन। 

प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो मन्त्रिपरिषद् विस्तार गर्दा रामचन्द्र पौडेल पक्ष, खुमबहादुर खड्का पक्ष र कृष्ण सिटौला पक्षबाट मन्त्री बनाएका थिए। 

तपाईंको बिचार