Sunday, November 19, 2017

सडक अनुगमनमा गएका प्रधानमन्त्रीले दिए रिसोर्टबाटै निर्देशन

प्रकाशित मिति: 2017/08/02

साउन १८, चितवन। मुग्लिन–नारायणगढ सडकखण्डमा दैनिक कहालीलाग्दो यात्रा गर्न यात्रु बाध्य छन्। यात्राका क्रममा सडकखण्डका विभिन्न स्थानमा आइरहने पहिरोका कारण धेरैले ज्यान समेत गइसकेका छन् ।

राजमार्गको अनुगमनका लागि बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा सेनाको हेलिकोप्टरमा पुगे। पूर्वनिर्धारित कार्यतालिका अनुसार नै प्रधानमन्त्री देउवा बुधबार सडकखण्डको अवलोकनमा पुगेका थिए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायर, पूर्व रक्षामन्त्री बालकृष्ण खाँण पनि टोलीमा थिए। देउवाको टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की र सचिवालयका केही सदस्य समेत थिए । सडक अनुगमनमा निस्किएका देउवा सेनाको हेलिकोप्टरमा दियालो बंगलामा ल्याण्ड गरे। अनि, दासढुंगा पुगे।

 दासढुंगा पुगेका प्रधानमन्त्रीले सवैभन्दा बढी पहिरो प्रभावित क्षेत्र कालीखोलामा जान चाहे। तर, सुरक्षाका कारण भन्दै प्रधानमन्त्रीलाई सुरक्षाकर्मीले रोके।त्यसपछि प्रधानमन्त्री लागे दासढुंगाकै प्रेसिडेन्सी रिसोर्टमा। त्यहाँ सडक विभाग र आयोजना कार्यालयद्वारा कार्यक्रमको तयारी नै थियो।  प्रधानमन्त्री देउवाले सोही स्थानबाट सडक अनुगमन कार्यक्रमलाई मन्तव्य दिए। प्रधानमन्त्रीले भने ‘चाँडोभन्दा चाँडो सडक निर्माणको काम सक्नु।’डेढ वर्षदेखि मुग्लिन नारायणगढ सडकखण्डमा यात्रुलाई सास्ती छ। कहिले एकतर्फी रुपमा मात्र सडक संचालन हुन्छ भने कतिपय अवस्थामा राती सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। लामो समयदेखि सडक विस्तारको काम भएपनि लक्ष्य अनुसार प्रगति भएको छैन।
 

तपाईंको बिचार