Thursday, November 23, 2017

चितवनको वडा नम्बर १९ मा मतदानका लागि मतदाताको उत्साहजनक सहभागिता

प्रकाशित मिति: 2017/08/04

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १९ मा आज पुनः मतदान हुँदैछ। सर्वोच्च अदालतको आदेश अनुसार भरतपुर १९ मा पुनः मतदान भएको हो । 

वैशाख ३१ गते सम्पन्न पहिलो चरणको निर्वाचनमा भरतपुरमा पनि मतदान भएको थियो। मतपत्र च्यातिएपछि अदालती प्रक्रियाका कारण दुई महिनासम्म भरतपुरमा पुनः मतदान वा मतगणना भन्ने अन्योल थियो। यसअघि मतपत्र च्यातिएका कारण कडा सुरक्षा व्यवस्थाबीच निर्वाचन आयोगले निर्वाचनको तयारी गरेको छ।

विहान ६ बजेदेखि सर्वसाधरण मतदानमा उल्लेख्य सहभागी भएका छन्। चितवनमा निरन्तर पानी परिरहेका कारण मतपत्रको सुरक्षाका लागि टेण्टको व्यवस्था गरी मतदान गराइएको छ । भरतपुर १९ मा तीन हजार ७९७ जना मतदाता छन्। वडामा ६ वटा मतदान केन्द्र छन्।

तपाईंको बिचार