Thursday, November 23, 2017

आफूमात्र नभई सम्पूर्ण नगरबासी विजयी : दाहाल

प्रकाशित मिति: 2017/08/06

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल विजयी भएकी छिन्। मतपत्र च्यातिएपछि विवादका कारण गत जेठ १४ गते मध्यरातमा मतगणना रोकिनु अघिसम्म ७ सय ३३ मतले एमाले उम्मेदवार देवी ज्ञवालीको अग्रता थियो। तर साउन २० गते शनिबार मतपरिणाम सार्वजनिक हुँदा २०२ मतले रेणु विजयी भइन्। 

जितपछि भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित रेणु दाहालले समृद्ध र व्यवस्थित महानगरपालिका बनाउनका लागि सबै दलसँग हातेमालो गरेर अघि बढ्ने बताएकी छन् ।

दल विशेषबाट चुनाव लडे पनि अब आफू सबैको साझा भएको भन्दै उनले भनिन्, ‘समृद्ध र व्यवस्थित महानगरपालिका बनाउनका लागि मैले जहाँ जे जति प्रतिबद्धता व्यक्त गरेको छु त्यसै अनुरुप मेरो कार्यकाल र जिम्मेवारी अघि बढ्ने छ ।’

विजयी भएपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै दाहालले आफूमात्र नभई सम्पूर्ण नगरबासी विजयी भएको बताइन् ।

तपाईंको बिचार