Thursday, November 23, 2017

राजपामा चुनावमा जानेकी नजाने भन्ने बहस अब पदाधिकारीबाट केन्द्रिय समितिमा सुरु

प्रकाशित मिति: 2017/08/06

काठमाडौं । राष्ट्रिय जनता पार्टीको केन्द्रीय पदाधिकारी बैठक साउन १८ देखि सुरु आज सकिएको छ । पदाधिकारी बैठक सकिएपछि आजैदेखि केन्द्रीय समिति बैठक सुरु भएको छ। 

केन्द्रीय समिति बैठकमा संविधान संशोधन नभए चुनावमा जाने या नजाने र पार्टी संगठनलाई एक बनाएर कसरी अघि लैजाने भन्ने मुख्य एजेण्डा छन्। पदाधिकारी बैठकमा नै संविधान संशोधन प्रस्ताव पारित नभए निर्वाचनमा नजाने बहुमत भएको राजपामा निर्वाचनमा सहभागी हुने या नहुने विषयको निर्णयका लागि यो सबैभन्दा शक्तिशाली थलो हो।

केन्द्रीय पदाधिकारी बैठकको पहिलो दिन १८ गते बहुमत पदाधिकारीले निर्वाचनको पक्षमा बोले पनि त्यसपछिका बैठकमा निर्वाचनलाई शर्तकै रुपमा प्रस्तुत गर्ने पदाधिकारीको बहुमत भएको थियो। 

निर्वाचनमा जाने विषयमा कुनै आपत्ति नभएपनि निर्वाचनअघि सरकारले गरेको सहमति पालना हुनुपर्ने । जनताका माग सम्बोधन गरेर निर्वाचनमा जाने वातावरण बन्नुपर्ने जनाइएको छ । । संविधान संशोधन प्रस्ताव सीमांकनसहितको भएको भए फेल भए पनि जनतामा जान एउटा मजा हुने र सीमांकन विनाको संविधान संशोधन पनि फेल हुन्छ भने त्यो के एजेण्डा बनाएर निर्वाचनमा जाने भन्ने विषयमा राजामा बहस भईरहेको छ । अधिकांश शीर्ष तहका नेता तथा पदाधिकारीले यही कुरालाई शर्तका रुपमा आफ्नो धारणा राखेका छन् । 

राजपाको पदाधिकारी बैठकमा अधिकांश पुराना पुस्ताका तथा निर्णायक तहका नेताहरुले निर्वाचनमा जानुअघि कम्तिमा पनि संशोधन प्रस्ताव पारित हुनुपर्न भन्दै पारित नभए निर्वाचनमा जान वातावरण नबन्ने धारणा राखेका छन्। केही पदाधिकारीले चुनाव छोड्न नहुने भन्दै छोडे त्यसले पार्टीलाई नै घात हुने बताएका छन्। 

राजपाले निर्वाचन बहिस्कार गरे पनि जनताले निर्वाचनमा भाग लिन्छन्। एक, पाँच र सात नम्बर प्रदेश त्यसका उदाहरण हुन्, एउटा लोकतान्त्रिक पार्टीले निर्वाचन बहिस्कार गर्नेभन्दा राम्रो सन्देश जाँदैन। जनतासँगको लिंक समेत त्यसले टुटाउन सक्छ राजापाको एक नेताले भने ।

तपाईंको बिचार