Thursday, November 23, 2017

किन फुट्यो राप्रपा छ महिना नपुग्दै

प्रकाशित मिति: 2017/08/07

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी एक भएको ६ महिनालगत्तै दुई चिरा भएको छ । वरिष्ठ नेता पशुपतिशमशेर राणाले आफ्नै अध्यक्षतामा २२ जना सांसदसहित नयाँ पार्टी निर्वाचन आयोगमा आइतबार दर्ता गरेका छन् । उनको पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) छ ।

 करिब २ महिनादेखि नै यो पार्टीमा सरकारमा जाने र नजाने र संविधान संशोधन विधेयकको पक्षमा उभिनेरनउभिने भन्नेमा तीव्र विवाद थियो । त्यसबारे पुष्पकमल दाहाल सरकारले संविधान संशोधन विधेयक अघि बढाउँदा राप्रपाकै १० सांसदले असन्तुष्ट भई बैठक बहिष्कार गरेका थिए । अध्यक्ष कमल थापा भने संशोधनको पक्षमा थिए ।

राणाले रामकुमार सुब्बाको नेतृत्वमा रहेका ती असन्तुष्ट १० सांसदसहितलाई लिएर नयाँ पार्टी दर्ता गरेका हुन् । गत मंसिर ६ गते संवैधानिक राजतन्त्र पक्षधर राप्रपा नेपाल र गणतन्त्र पक्षधर राप्रपाबीच एकीकरण भई ३७ सिटको चौथो ठूलो राजनीतिक शक्ति बनेको थियो । पार्टी फुटेपछि अध्यक्ष थापा पक्षमा १५ सांसद मात्र छन् ।

२०४७ सालमा राप्रपा चन्द र थापा एकै दिन स्थापना भएका थिए । २०४९ सालमा दुई पार्टी एक भई राप्रपा बनेको थियो । त्यसपछि यी दुई पार्टीबीच फुटको लामो शृंखला बनेको छ ।
 
२०५४ र २०५६ सालमा पनि विभाजित भए । २०६० सालमा सूर्यबहादुर थापाको नेतृत्वमा पार्टी अलग भई राष्ट्रिय जनशक्ति पार्टी बनेको थियो । २०६२ सालमा पार्टी विभाजन भई राणाले राप्रपाको नेतृत्व गरे भने कमल थापाको अध्यक्षतामा राप्रपा नेपाल बन्यो । २०६६ सालमा पुनस् एकीकरण हुने सैद्धान्तिक सहमति बने पनि एकीकरण हुन सकेको थिएन ।

तपाईंको बिचार