Thursday, November 23, 2017

भरतपुर महानगरका एमाले जनप्रतिनिधिले छुट्टै सपथ लिए

प्रकाशित मिति: 2017/08/07

साउन २३, चितवन । माओवादीका मतपत्र च्यातेर धाँदली स्वच्छ निर्वाचनमा धाँदली गर्ने सँगै  बसेर सपथ नलिने अडान लिएका भरतपुर महानगरका एमाले जनप्रतिनिधीहरुले सोमबार अलग्गै सपथ लिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा एमालेका निर्वाचित १४ मध्ये १२ जना वडाध्यक्षले सपथ लिए । मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले वडाध्यक्षहरुलाई सपथ ग्रहण गराएर प्रमाणपत्र दिएका थिए ।

सपथ कहाँ लिने भनेर केहीबेर विवाद समेत भएको थियो । एमाले जनप्रतिनिधिहरुले कार्यालयको हलमा सपथ लिन चाहेका थिए । तर, मुख्य निर्वाचन अधिकृतले आफ्नै कार्यकक्षमा सपथ लिन आग्रह गरेपछि केहीवेर भनाभन भएको हो । सपथ कार्यक्रममा एमाले जिल्ला नेताहरु सहभागी भएपनि मेयर रेणु दाहाल अनुपस्थित रहिन् । वडा सदस्यहरुले भने मेयरबाटै सपथ लिनुपर्ने व्यवस्था छ । मेयर रेणु दाहाल अनुपस्थित भएकाले एमालेबाट निर्वाचित वडा सदस्यहरुले सपथ लिन बाँकी छ ।

एमाले वडाध्यक्षहरुले सोमबार नै कार्यभार सम्हाल्ने भएका छन् ।

तपाईंको बिचार