Thursday, November 23, 2017

राजपाको भारतीय विदेशमन्त्रीसँग भेट, संशोधन अघि बढाउन तयार

प्रकाशित मिति: 2017/08/11

साउन २७, काठमाडौं । राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुले आज प्रधानमन्त्रीलाई भेटी संविधान संशोधन विधेयक पेश गर्न आग्रह गर्ने भएको छ । 

बिहीबार अबेर राजपा नेताहरु र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता भएको थियो । बिमस्टेक बैठकमा सहभागी हुन काठमाडौं आएकी स्वराजले राजपाका अध्यक्ष मण्डलका शीर्ष छ नेतासँग सामुहिक छलफल गरेका थिइन् । त्यो भेटको भोलिपल्टै राजपाका शीर्ष नेताहरु प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका छन् । यद्यपि यो भेट पूर्व निर्धारित भएको नेताहरु बताउँछन् ।

बिमस्टेक बैठकमा भाग लिन बिहीबार मात्र काठमाडौं आएकी भारतीय विदेशमन्त्री स्वराजले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरिसकेकी थिइन् । त्यो भेटमा संविधान संशोधन, आसन्न चुनाव लगायतका विषयमा कुराकानी भएको थियो ।

तपाईंको बिचार