Sunday, November 19, 2017

राष्ट्रिय संकटकालको तयारीमा मन्त्रिपरिषद्को आकस्मिक बैठक

प्रकाशित मिति: 2017/08/13

साउन २९. काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आज साँझ मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण देशभर भएको धनजनको क्षतिका विषयमा छलफल गर्न, उद्धार र राहतका प्याकेज ल्याउन, बाढीपहिरोग्रस्त जिल्लामा संकटकाल लगाएर राहतका कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल गर्नका निम्ति मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।

तपाईंको बिचार