Sunday, November 19, 2017

प्रधानमन्त्रीले बोलाए तीन दलको बैठक

प्रकाशित मिति: 2017/08/16


साउन ३२, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनबारे छलफल गर्न अपराह्न ४ बजे प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बोलाएका छन् ।

देउवाले कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुको बैठक बोलाएका हुन् । त्यस लगतै सर्बदलीय बैठक राखिएको छ । यो बैठकमा प्रदेश र संसदको चुनावबारे छलफल हुने नेताहरुले बताएका छन् । निर्वाचन आयोगले भोलि भदौ १ गते चुनावको मिति घोषणा गर्न आग्रह गरेको छ ।

तर, प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनसम्वन्धी विधेयक संसदले पास गरेको छैन भने निर्वाचन क्षेत्र निधारण आयोगको म्याद पनि १५ दिन थएिको छ ।

तपाईंको बिचार