Thursday, November 23, 2017

प्रधानमन्त्रीले भने प्रदेश र संसदको चुनाव एकैपटक गर्न सकिन्छ

प्रकाशित मिति: 2017/08/16


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगसामू प्रदेश र संसदको चुनाव एकैपटक गर्न सम्भव हुन्छ कि हुँदै भन्दै आयुक्तसँग विज्ञासा राखेका छन् ।

देउवाले लगातार दोस्रो दिन आयोगका पदाधिकारीहरुसँग छलफल गरेका थिए । बुधबारको छलफलमा उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार पनि सहभागी थिए । भेटमा प्रधानमन्त्री देउवाले प्रदेशसभा तथा प्रतिनिधिसभा दुवै निर्वाचन एकैपटक गर्न सकिन्छ सकिँदैन भन्ने जिज्ञासा राखेका थिए ।

आयोगका पदाधिकारीहरुले भने निर्वाचनको लागि समय कम हुँदै गएको, आवश्यक ऐन तथा निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन प्राप्त नभएको भन्दै दुईवटै निर्वाचन सञ्चालन गर्न कठिन हुने बताएका छन् । व्यवस्थापकीय हिसाबले मंसिर पहिलो हप्तामा प्रतिनिधिसभाको निर्वाचन गर्न सकिने उनीहरुले बताए ।

प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन एकैपटक सञ्चालन गर्न व्यवस्थापकीय हिसावले कति सम्भव हुन्छ आयोगमा छलफल गरेर जानकारी गराउने आयोग पदाधिकारीले बताएका छन् ।

तपाईंको बिचार